Wednesday, 19th August, 2026
वि.स.

दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरका राईको मृत्यु

accident-new-1610788694.jpg

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका हेटौंडाका निरज राईको मृत्यु भएको छ । गत पुस २७ गते सोमबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पाडाँडामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका हेटौंडा–६ निवासी १८ वर्षीय राईको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उनको चितवनको भरतपुरस्थिति पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

गत पुस २७ गते हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । सोही दुर्घटनामा परी राई गम्भीर घाइते भएका थिए । उनी मोटरसाइकलमा सवार थिए ।

त्यस्तै, सोही दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा–७, न्युरेनी निवासी १८ वर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif