Sunday, 23rd August, 2026
वि.स.

दुर्गममा खाद्यान्न बितरणसँगै सामाजिक दुरी र हात धुन सिकाइँदै

ttaa-1588385701.png

लामो बन्दाबन्दीका कारण भोकमरीमा परेका परिवारलाई मकवानपुरको राक्सिराङ गाउँपालिकामा खाद्यान्न बितरणसँगै सरसफाई र सामाजिक दुरी कायम राख्न सिकाइएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरसफाई महत्वपूर्ण भएको भन्दै खाद्यान्नसँगै साबुन समेत बितरण गरिएको राक्सिराङ गाउँपालिकाले जनाएको छ । वडा नं ६, ७ र ८ मा लिसा हिमायल इभी र दीगो विकासका लागि एकता नेपालले सञ्चालन गरेको शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत ७३१ घर परिवारलाई खाद्यान्नको साथमा ५ वटा डिटोल साबुन बितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । कार्यक्रमले राक्सिराङ गाउँपालिकासँग सम्झौता गरी प्रतिब्यक्ति २५ किलोग्राम चामल, ३ किलोग्राम दाल २ लिटर तेल, एककिलोग्राम नून र पाँच थान डिटोल साबुनसहितको राहत प्याकेज बाँडेको हो ।

राहत बाँड्दा सामाजिक दुरी कसरी कायम गर्ने र व्यक्तिगत तथा पारिवारिक सफाई कसरी गर्नेभन्नेबारेमा जानकारी दिइएको लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अन्जन प्रसाद पौडेलले जानकारी दिए । ‘खानेकुरासँगै सफाईको सामग्री र सीप पनि सिकाउनका लागि हामीले सहजीकरण गरेका हौ’, निर्देशक पौडेलले भने । उनका अनुसार हरेक चोकका धारा तथा सार्बजनिक स्थलहरुमा हात धुने बिधिसहितको ठूला ठूला आकार प्रचार सामग्री टाँसिएका छन् भने राहत प्राप्त गर्ने हरेक घरमा हात धुने विधि उल्लेख भएको स–साना फ्लेक्स बोर्ड पठाइएको छ ।
अधिकाँश चेपाङ समुदायको बसोबास रहेका वडा नं ६, ७ र ८ का विभिन्न स्थानहरुमा खाद्य तथा सरसफाईका सामग्रीहरु सामाजिक दुरी कायम गरी बितरण गरिएको र सो कार्यको संयोजना वडाका जनप्रतिनिधिहरुमार्फत टोल विकास संस्थाहरुले गरेको ६ नं वडाध्यक्ष सिंगलाल चेपाङले जानकारी दिए । 

-गाेरखापत्रबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०