nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क

smart-call-1625389213.jpg

स्मार्ट टेलिकम नामक मोबाइल सेवा प्रदायक कम्पनीले स्मार्ट नेटवर्कभित्र दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क हुने नयाँ स्कीम ल्याएको छ ।

लामो कुराकानीलाई लक्षित गर्दै कम्पनीले यस्तो नयाँ स्कीम सार्वजनिक गरेको हो ।

स्मार्ट टेलिकमका ग्राहकले पहिलो २ मिनेट मुल रकमबाट कुराकानी गरेपछि अनलिमिटेड कुराकानी गर्न सकिने सुविधा ल्याएको हो ।

नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘दुईपछि फ्री’ अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ ।

यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिने र २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ ।

स्मार्ट प्र्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् । यस अफर प्रयोग गर्न स्मार्ट प्रयाेगकर्ताहरुले निःशुल्क *१४१*१*५*१# डायल गर्नु सक्नु हुनेछ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)