Thursday, 20th August, 2026
वि.स.

दुई दिनमा कोरोनाबाट मृत्यु सङ्ख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

death-1614302700.jpg

कोरोना  भाइरस  सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  पुनः  थप  भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  महाशाखाका  अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि  बुधबार  मात्रै  मन्त्रालयले  ६१८  जना  मृतक  थपिएको  जानकारी  दिएको  थियो  । 

इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  महाशाखा  र  कोभिड  सङ्कट  व्यवस्थापन  केन्द्र  (क्राइसिस  म्यानेजमेन्ट सेन्टर) कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक  डा.  कृष्ण  पौडेलले  क्राइसिस  म्यानेजमेन्ट  सेन्टर  र  इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  केन्द्रको  सिफारिसमा  बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी  दिए ।  उनले  केही सङ्ख्या अझै प्रमाणित हुन बाँकी  रहेकोले  थप  बढ्न  सक्ने  बताए । 

थपिएका  मृतकसँगै  नेपालमा  कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ७६७ पुगेको छ । पछिल्लो दुई दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७०१ जना मृतक थपिएका छन् ।

- गोरखापत्र दैनिक



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif