Thursday, 27th August, 2026
वि.स.

दुईवटा मोटरसाइकल एआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

accident-new-1607332570.jpg

आइतबार साँझ काभ्रेको बनेपामा दुईवटा मोटरसाइकल एआपसमा ठोक्किँदा दुई जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन् । बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

एकआपसमा मोटरसाइकल ठोक्किँदा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक र प्रदेश २–०१७ प २७०८ नम्बरको मोटरसाइकलको पछाडि बस्ने व्यक्तिको ज्यान गएको काभ्रेका ट्राफिक प्रमुख इन्सपेक्टर विशाल तामाङले बताए ।

मोटरसाइकल चालक धुलिखेल–६ का २० वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोक चौताराका २८ वर्षीय हरिकृष्ण बस्नेतको ज्यान गएको इन्सपेक्टर तामाङले बताए । इन्सपेक्टर तामाङकाअनुसार उनीहरुको धुलिखेल अस्पतालमा उपचारका क्रममा  ज्यान गएको हो । घाइते तीन जनामध्ये एक जनालाई काठमाडौँ पठाइएको छ भने २ जनाको धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif