Wednesday, 26th August, 2026
वि.स.

दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

girl-,pakrau-1606304979.jpg

प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला उनलाई पक्राउ गरिएको हो ।

मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको हो । ‘उहाँ अरु कुनै विषयको उजुरी लिएर आउनु भएको थियो, त्यसक्रममा उहाँ फरार सूचीमा भएको थाहा पाएपछि पक्राउ गरेका हौं’, राठौरले भने । कास्की जिल्लाको पोखराबाट बहुमुल्य धातुको मुर्ति चोरी गरेको घटनामा उनी फरार सूचीमा थिइन् । 

उनी लामो समयदेखि हेटौंडा–१२ मा रहेको माइतीमा बस्दै आएकी थिइन् । उनलाई कास्कीमा पठाउने तयारी गरिएको एसपी राठौरले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif