Monday, 17th August, 2026
वि.स.

दिव्य सेवा बाल क्लबलाई दराज हस्तान्तरण

दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थल हेटौंडा २७ रातोमाटे दमारटोलले श्रीजनप्रिय नमूना माबि दिव्य सेवा बाल क्लबका लागि एक समारोहका बिच  बुक कर्नर सन्चालानार्थ ५ वटा दराज हस्तान्तरण गरेको छ । 
निकेतनका केन्द्रीय अध्यक्ष टि आर निरौलाले एक समारोहका बिच  कक्षा ७  ,८  र ९ का मनिटरहरुलाई  दराजको साचो हस्तान्तरण गरेका थिए । 
कार्यक्रमका प्रमुख अतिथि निरौलाले वृत्तिबिकासको लागि बुक कर्नरको स्थापना हुनु ज्यादै सकारात्मक भएको बताए । कार्यक्रममा निकेतनकी प्रमुख संरक्षिका सुनिता बाई , शिक्षा सेवा समितिका  अध्यक्ष पुर्व विद्यालय निरीक्षक यादव गजुरेल, पुर्व प्राचार्य अरुण खतिवडा  विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईं , शिक्षक युक्तलाल बिश्वकर्मा  क्लबका सबिन ढकाल लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।  
कार्यक्रम क्लबका सचिब र सह सचीब रमिता ढकाल र अरुण बिश्वकर्माले संचालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष प्रतिक्षा गर्तौलाले गरेकी थिए । कार्यक्रममा विद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थियो
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif