Monday, 17th August, 2026
वि.स.

दामन-सीमभन्ज्याङमा हिमपात , पर्यटक आउने क्रम शुरु

IMG_20240222_185957-1708607761.jpg

मकवानपुरकाे दामन-सीभञ्ज्याङ क्षेत्रमा हिमपात भएकाे छ । १० फागुन अपरान्ह साे क्षेत्रमा सडक नै ढाकिनेगरी हिमपात भएकाे सीमभञ्ज्याङका स्थानीय अमित पाख्रिनले जानकारी दिए ।

हिमपातले खासगरी सीमभञ्ज्याङ, नाङ्गेचुली,  पानाेरमा, ऋषेश्वर क्षेत्र सेताम्मे भएकाे छ । यस वर्ष पहिलाेपटक साे क्षेत्रमा जम्नेगरी हिमपात भएकाे हाे ।

मज्जाले खेल्न पुग्नेगरी हिउँ जमेपछि स्थानीय हाेटल व्यवसायी पर्यटक आउनेमा आशावादी भएका छन् । दामन क्षेत्रमा हिउँ परेपछि काठमाडौं र तराई क्षेत्रका आन्तरिक पर्ययटकहरुकाे घुईँचाे लाग्ने गर्दछ ।

हिउँ परेकाे खबर पाउनेवित्तिकै आन्तरिक पर्यटकहरु दामन आउने क्रम शुरु भएकाे छ । तस्बिर : अमित पाख्रिन



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif