nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको पाथीभरा पदयात्रा :

IMG_20200810_152322-1597052324.jpg

मकवानपुरको प्रसिद्ध पर्यटकीय नगरी थाहामा नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन थालिएको छ । धार्मिक क्षेत्रको रुपमा पहिचान रहेको थाहा नगरपालिका वडा नम्बर ३ को पाथीभराले क्षेत्र पछिल्लो समय पैदल यात्राको आकर्षणको रुपमा पनि परिचय स्थापित गर्न थालेको छ । धार्मिक दृष्टिकोणले आक्कलझुक्कल मानिसहरु मस्किलले पुग्ने पाथीभरामा स्थानीय क्षेत्रलगायत काठमाण्डौ र धादिङबाट आउने पर्यटकहरु निहुँ जस्तै पुग्न थालेका छन् ।

३ नम्बर वडाको प्रसिद्ध गोरखनाथ मन्दिरबाटै पैदलयात्रमा निश्कन सकिने उक्त मार्गको एकातफी बाटो करिब ६ किलोमीटरको छ । थाहानगरको शिखरकोटबाटै पनि पैदलयात्रा शुरु गर्न सकिन्छ । काठमाण्डौं तथा हेटौंडाबाट आउँदा पनि शिखरकोटमा सवारी साधन छोडेर यात्रामा निश्कन सकिने यो पैदलमार्गमा अहिले धार्मिक आस्था भएकाहरु पनि उत्तिकै पुग्छन् । वडा नम्बर ३ को देउराली गाउँबाट पूरापुर जंगल यात्रा हुँदै पाथीभरा पुग्न सकिन्छ । ठाउँठाउँमा आरम गर्ने प्राकृतिक चौतारी, रुखको छायाँको शित्तलता यो यात्राको विशेषता हो । ति ठाउँठाउँमा भारी बिसौनीबाट दामनपालुङको सुन्दर फाँटहरु अवलोकन गर्न सकिन्छ । यात्रामा जंगलको सिरसिर बहने हावा, ठाउँठाउँको बिसौनी (चौतारी) उकालो सम्झदा मन्दिरको याद, तलतिर हरिया फाँट आहा, मनै लोभ्याउँछ पाथिभरा यात्राले । यात्रा गर्दा ठाडै उकालो मात्र पनि छैन, ठाउँठाउँमा तेर्सो बाटोले उकालोमा खलखली बगेको पसिना सर्लक्कै ओभाउँछ ।

यो ख्याल गरौं। यात्रामा निश्कँदा बाटोमा कुनैपनि पसलहरु छैनन् । खानेपानी र हलुका खानेकुराहरु आफैले बोक्नु पर्दछ । करिब २२ सय मीटरभन्दा बढिको उचाइसम्म पुगिने भएकोले आराम गर्दै यात्रा गर्दा थप फलदायी हुनेछ । देउराली गाउँ छोडपछि सबै जंगलकै यात्रा हो । संरक्षित सामुदायिक वन क्षेत्र भएपनि यहाँ वन्यजन्तुको आक्रमणको कुनै डर छैन, मृग माउपाठाहरु भने भेटिन सक्छन् । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा विभिन्न वनस्पतीको अध्ययन अनुसन्धानका लागि समेत अध्ययन अनुसन्धानका पर्यटकहरु पुग्ने गर्दछन् । धेरै पहिले गाउँलेहरुले पुजाआजा गर्दै आएको पाथीभरा क्षेत्रमा अहिले गोरखनाथ कल्याण केन्द्रले मन्दिर नै स्थापित गरिदिएको छ । मन्दिर नजिकै गोरखनाथ कल्याण केन्द्रले नै एउटा ट्रष्ट बनाइदिएको छ । यहि ट्रष्टले घामपानीमा यात्रुहरुलाई रहत दिइरहेको छ । एकपल्ट पुग्नै पर्ने यो यात्रा जति धार्मिक छ उत्तिनै जैविक विविधताले पनि ख्याति प्राप्त रहेको छ ।



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।