Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दामन बजार व्यवस्थापन समितिको अध्यक्षमा भुजेल

damanaa-1601994360.jpg

थाहा नगरपालिका वडा नम्बर ४ दामन बजारमा क्रियाशील ‘दामन बजार व्यवस्थापन समिति’को अध्यक्षमा सुमन भुजेल निर्वाचित भएका छन् । क्लबको उपाध्यक्षमा सरोज भुजेल, कोषाध्यक्ष अनिशा भुजेल र सचिब सन्दिप केसी निर्वाचित भएका छन् । 

दामनजार स्थित सेल्फीडाँडामा भएको भेलाले समितिको नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिका पदाअधिकारीहरुको कार्यकालको अवधि २ वर्षको हुनेछ । 

यसैबीच भेलाका अवसरमा समितिका निवर्तमान पदाअधिकारीहरुले गरेको कामको समिक्षा पनि भएको छ । २०७५ मंसिरमा गठन भएको कार्यसमितिले दामनलाई अझै धेरै सुन्दर पर्यटकिय आकर्षणको रुपमा स्थापित गर्न थाहा थाहा नगरपालिकाको सहयोगमा २ वटा उदाहरणीय कार्यहरु गरेको समिक्षा भएको थियो ।

बजार व्यवस्थापन समितिले पर्वतीय वनस्पति उद्यान नजिकै रहेको सार्वजनिक डाँडामा वनभोज स्थल र दृश्यावलोकन स्थल (सेल्फी डाँडा) व्यवस्थापन गरेको थियो । त्यसैगरी समितिले दामनमा पर्यटकहरुको निम्ति धेरै सुविधा थपेर आकर्षणको केन्द्रको रुपमा प्रचार गरेको थियो । बजार व्यवस्थापन समितिले दामनमा पिउने पानी र सडक बत्तिको लागि समेत सहजीकरण गरेको थियो।

यसअघि बजार व्यवस्थापन समितिमा अध्यक्ष तसी शेर्पा, उपाध्यक्ष किश्वर प्रधान, कोषाध्यक्ष बिष्णु थिङ र सचिब सुरथ अधिकारी थिए । नव निर्वाचित समितिका पदाअधिकारीहरुलाई थाहा होटल संघका संस्थापक अध्यक्ष शिव केसीले बधाई दिएका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०