Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दामन-डाँडाबास सडक अवरुद्ध, विरामी बोक्ने एम्बुलेन्स पनि थुनियो

Aagra-1502676360.jpg

मकवानपुरको थाहा नगरपालिकाको दामन–डाँडाबास सडक पहिरोका कारण अवरुद्ध हुँदा कैलाश गाउँपालिकासंगको यातायात सम्पर्क टुटेको छ ।

जिल्लाको उत्तरी क्षेत्रको थाहानगर हुँदै कैलाश जाने बाटो अवरुद्ध भएपछि थाहानगरको आग्रा, कैलाश गाउँपालिकाको गोगाने, डाँडाखर्क लगायतका क्षेत्रका बासिन्दा बिरामी हुँदा एम्बुलेन्स समेत आउन नसक्ने अवस्था भएको छ । आग्राको हिमशिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शुभराज गोलेले भने–‘डाँडाबासमा एम्बुलेन्स छ, कोही विरामी भै हाले पालुङ पुग्ने बाटो छैन।’ सडक खुलाईदिन स्थानीयहरुले आग्रह गरेका छन् ।

सडक आवागमन अवरुद्ध भएपछि त्यस क्षेत्रमा उत्पादित तरकारी पनि निकासी गर्न सकिएको छैन । अवरुद्ध छिटो नखुले सयौ टन काउली, बन्दा, मूलालगायतका तरकारी बारीमै कुहिने किसानहरुले बताएकाछन् ।