Wednesday, 26th August, 2026
वि.स.

दशैका बेला थाहा नगरपालिकाबाट आयो यस्तो अपील ! (पूर्ण विवरण सहित)

कोरोना भाइरस कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सतर्कता अपनाउन मकवानपुर थाहा नगरपालिकाले नगरबासहिरुमा अपील गरेको छ । ४ कार्तिकमा अपलि प्रकाशित गर्दै थाहा नगरपालिकाले संसकृति र परम्परा मनाउने नाउँमा संक्रमित हुनबाट जोगिन सतर्कता अपनाउनु पर्ने बताउको छ । 

‘कोभिड–१९ को महामारीबाट बच्न घरमै बसौं, सुरक्षित होऔं, अरुकोे सुरक्षित रहन पाउने अधिकारको सम्मान गरौं ।’ नारासहित नगरपालिकाले शुभ विजया दशमी, दीपावली, नेपाल संवत तथा छठपर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमै महामारी भैरहेको सन्दर्भमा हाम्रो थाहा नगरपालिका भित्र पनि कोभिडका विरामीहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको जनाएको छ । ‘एकातिर रोगको महामारी बढ्दै छ भने अर्कोतिर हाम्रो महत्वपूर्ण चाडवाड दशै तिहार जस्ता पर्वहरु आइरहेका छन् । हाम्रो धर्म संस्कृति परम्परा र रीतिरिवाज मनाउनु पनि पर्ने र रोगबाट पनि बच्नुपर्ने भएकाले चाडवाडहरु सजगता र सावधानी पुर्वक मनाउनको लागि नगरबासीहरुमा हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ । 

नगरपालिकाबाट प्रकाशित उक्त अपीलमा भनिएको छ–‘यस वर्षको चाडवाड सावधानीपूर्वक मनायौं भने अर्को वर्ष आफ्नै इच्छा अनुसार रमाएर मनाउन सकिन्छ । त्यसैले कतै हामी चाडवाड मनाउने नाममा रोगलाई सार्न पुग्यौ भने त्यसको असर वर्षौसम्म पनि रहन सक्ने तर्फ हामी सम्पुर्ण नगरबासीहरु सजग हुन हार्दिक अपिल गर्दछौं ।’

पढ्नुहोस पूर्ण विवरणः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif