Wednesday, 26th August, 2026
वि.स.

दशैंको टीकाको दिन कस्तो होला मौसम ?

mausam-1603526226.jpg

यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् ।

मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘देशभर मौसम डिस्टर्ब छैन । त्यसैले यस वर्ष हिले दशैं हुने सम्भावना छैन ।’


पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान छ ।

‘प्रदेश १ को पहाडी भागका केही जिल्लामा पानी पर्दा पनि क्षणिक मात्रै, हल्कामात्रै हुने हो,’ मौसमविद कँडेलले भनिन्, ‘त्यसले दशैंमा कुनै असर गर्दैन ।’

प्रदेश नं. १ सँग नजिक भएका प्रदेश नं. २ र बागमती प्रदेशका कुनै–कुनै ठाउँमा पनि बादल देखिने छ । तर पानी भने नपर्ने कँडेल बताउँछिन् । उनका अनुसार पश्चिम नेपालको आकाश भने पूरै छ्याङ्ग हुने छ ।

यो वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटको लागि जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif