Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दलित संघद्वारा विजयी प्रतिनिधीहरुलाई स्वागत एवं सम्मान

नेपाल दलित संघ मकवानपुरले २५ जेठमा काँग्रेसको तर्फबाट जिल्लाभरीमा स्थानीय तहमा जितेका दलित प्रतिनिधीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।

नेपाल दलित संघका अध्यक्ष अनिल विकको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विशेष अतिथि नेपाली काँग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य मिलन परियार, नेपाल दलित संघका क्षेत्रीय सदस्य सेरबहादुर चुनारालगायतले मन्तव्य गरेका थिए ।