Sunday, 23rd August, 2026
वि.स.

थुनामा रहेका किशोरमा कोरोना संक्रमण

covide-1591519556.jpg

जिल्ला प्रहरी कार्यालयको हिरासतभित्रै रहेका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ।उनलाई गोरखा अस्पतालको आइसोलेसनमा पठाइएको जिप्रका गोरखाले जनाएको छ। संक्रमित देखिएका बलात्कारका आरोपी रहेको खुलेको छ । पालुङ्टार नगरपालिका ७ बुढीकुवाका १७ वर्षीय किशोर सहपाठीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि थुनामा परेका थिए । 

उनी जीवनज्योति मावि च्याङ्लीमा कक्षा ९ कक्षामा पढ्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।गाउँको क्वारेन्टाइनमा रहेको अवस्थामा कसरी संक्रमण देखियो भन्नेबारे सर्वत्र चासो राखिएको छ । 

उनको गाउँ बुढीकुवालाई सुरक्षित राख्दै कन्ट्याक ट्रेसिङ गर्न सुरु गरिएको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए ।  मेयर कँडेलका अनुसार पालुङ्टार नगरपालिका ७ मा गत वैशाखयता भारतबाट १७ जना आएर क्वारेन्टाइनमा बसेका छन् ।पालुङ्टार नगरपालिकामा गत बैशाखदेखि अहिलेसम्म भारतबाट ३५ जना आएका छन् । उनीहरुमध्ये छ जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०