Sunday, 16th August, 2026
वि.स.

थाहा-४ मा २४ लाख रुपियाँ बराबरको कृषियन्त्र वितरण (तस्विरसहित)
वितरण गरिएको सामग्रीहरुमा मिनिटिलर, डिपि पाइप, सिल्पोलिन, मल्चिङ प्लास्टिक र स्प्रेयर

IMG-20250127-WA0000-1737973213.jpg

कृषिमा यान्त्रीकरणमार्फत् उत्पादन लागत घटाई आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले थाहा नगरपालिकाको वडा नम्बर ४ मा विभिन्न ७ थरीका कृषि यन्त्रहरु वितरण गरिएको छ । थाहा नगरपालिकाले स्थानीय सेतोगुराँस कृषक समूहसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको हो । 

सोमबार थाहा नगरपालिका वडा नम्बर ४ किटेनीमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको सामग्रीहरुमा मिनिटिलर, डिपि पाइप, सिल्पोलिन, मल्चिङ प्लास्टिक र स्प्रेयर रहेका छन् । वितरण गरिएको सामग्रीमा सबैभन्दा बढी मिनिटिलर रहेको छ । कृषकहरुलाई मिनिटिलर पेट्रोल ७ एच पि ४० वटा, मिनिटिलर डिजेल ७ एच पि १० वटा र मिनिटिलर सानो १ वटा वितरण गरिएको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख संजय तिवारीले जानकारी दिए । त्यसैगरी २० एम एम एच डिपि पाइप तीन हजार मिटर , सिल्पोलिन ९० जि।एस।एम। ५ थान, मल्चिङ्ग २५ माइक्रोन ९ थान र स्प्रेयर डियुल १० वटा वितरण गरिएको छ ।

थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यतामा वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लामाले वडामा पहिलोपटक एकसाथ यति धेरै कृषि यान्त्रिक सामग्रीहरु वितरण गरिएको बताए । उनले थाहा नगरपालिका कृषि विकास शाखालाई धन्यवाद दिँदै आगामी दिनमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा थाहा नगरपालिका आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले वितरित सामग्रीहरुको सदुपयोग गर्न र सामुहिकतामा विश्वास गर्न आग्रह गरे ।

त्यसैगरी कृषि प्रसार अधिकृत तिवारीले कृषिमा यान्त्रीकरणका कारण लागत घटाउने र उत्पादकत्व बढाउने भएकोले अहिले कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भइरहेको बताए । संघीय सरकारबाट प्राप्त १२ लाख रुपिया अनुदान र कृषकहरुको १२ लाख गरी कूल २४ लाखमा सामग्रीहरु खरिद गरिएको उनले जानकारी दिए ।

सेतोगुराँस कृषक समूहका अध्यक्ष श्रीकृष्ण केसीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य सुन्दरराज केसी, थाहा नगरपालिका कृषि विकास शाखाका अधिकृतद्वय बालकुमारी भट्टराइ, प्रदिप गुरुङ, रोजगार संयोजक कुमार नेगी, कृषि प्राविधिक राजकुमार श्रेष्ठ, रोहिणी स्याङ्तान,  पशु पाविधिक रुपेशकुमार मिश्र  लगायतको सहभागिता रहेको थियो । कार्यक्रम आयोजक सेतोगुराँस कृषक समूहका सचिब गणेश लामाले सञ्चालन गरेका थिए । 

तस्विरहरु :



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०