Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा-१ को अर्थतन्त्रः आम्दानीले धान्नै नसक्ने ऋणको बोझ !

Thhha-1-1596377399.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं. १ का स्थानीय बासिन्दाले तिर्न सक्ने क्षमताभन्दा बढी ऋण लिएको पाइएको छ । सुनौलो सामुदायिक सिकाइ केन्द्रले वडाका सबै घुरधुरीमा गरेको सर्वेक्षणको नतीजामा यस्तो देखिएको हो । सर्वेक्षणमा बार्षिक आम्दानीभन्दा बढी ऋण लिएको पाइएको छ भने बैंक तथा नगद बचत अत्यन्त कम रहेको देखिएको छ ।

संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वडाका सबै घरपरिवारको गरी जम्मा वार्षिक आम्दानी रु. ३२ करोड ३३ लाख रहेको छ भने ऋण रु. ४२ करोड ७० लाख रहेको छ । वडाका कुन्छाल, टाखेल, गहते र खानीगाउँमा वार्षिक आम्दानीभन्दा बढी कर्जा लिएको देखिएको छ । सर्वेक्षणको क्रममा कतिपय सूचनादाताले खर्चको हिसाव नगरी समग्र आम्दानीको विवरण दिँदा खुद आम्दानी निकै कम हुन सक्ने सर्वेक्षण कार्यक्रमका संयोजक रुपचन्द्र गोपालीले बताए ।  वडाको ७४१ घरधुरीमा प्रश्नावली विधिबाट सर्वेक्षण गरिएको थियो । सर्वेक्षण अनुसार कुन्छाल, ओखरगाउँ र कुलगाउँका बासिन्दाको बैंक, वित्तीय संस्था तथा सहकारीहरुमा बचत देखिएको छ भने कुटीप्वाकल र खानीगाउँमा नगन्य मात्रामा बचत देखिएको छ ।

कुन्छालका स्थानीय बासिन्दाको रु.११ करोड ६३ लाख आम्दानी हुँदा रु. २३ करोड ८० लाख विभिन्न बैंक, वित्तीय संस्था तथा सहकारीहरुमा ऋण देखिएको छ । उनीहरुको जम्मा बचत रु. ६६ लाख रहेको छ । त्यसैगरी ओखरबजारको रु. ९ करोड ८५ लाख, कुलगाउँको रु. ६ करोड ७० लाख र गहतेको रु. ९८ लाख वार्षिक आम्दानी रहेको पाइएको छ । खानी गाउँका बासिन्दाको समग्र आम्दानी ५८ लाख रहेको छ । सर्वेक्षण अनुसार ओखरबजारका बासिन्दाको रु. ६ करोड ६८ लाख ऋण रहेको छ । कुलगाउँको रु. ५ करोड ५२ लाख, टाखेलको रु. २ करोड ४७ लाख, गहतेको रु. २ करोड १६ लाख, खानीगाउँको रु. १ करोड ३० लाख र कुटिप्वाकलको रु.७४ लाख ऋण रहेको देखिएको छ । वडाको कुन्छाल र खानीगाउँमा वार्षिक आम्दानीभन्दा ऋण दोब्बर देखिएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०