Tuesday, 25th August, 2026
वि.स.

थाहा नगरसहित मकवानपुरका शक्तिपीठमा भिड गरे कारवाही हुने [सूचना सहित]

Indrayani-1602860186.jpg

दसैँको पूर्व सन्ध्यामा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शक्तिपीठहरुमा भिड नगर्न भनेकाे छ । । प्रशासनले मन्दिरहरुमा भेला हुन बन्देज लगाएको हो । घटस्थापनादेखि नवमीसम्म शक्तिपीठ, मन्दिरहरुमा नित्य पूजाबाहेक दर्शनको लागि जमघट हुन नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेको छ ।

कोरोना संक्रमणको फैलदो जोखिमलाई मध्यनजर गर्दै सबै शक्ति पीठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक जमघट नहुने, परिवारजनबीचमात्र दसैँ मान्ने र जात्रा, मेलाहरु नगर्न निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुनै पनि भेला जमघट नगरी घरमै बसेर चाडपर्व मनाउन अनुरोध गर्दै पर्वको शुभकामना आदान प्रदान लगायतका सबै क्रियाकलाप संचालनमा बन्देज लगाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण चाडबाडको बेला झनै फैलिने खतरा रहेकोले सो को नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । सूचनाको उलंघन भएमा कानून बमोजिम कारबाही हुने जनाएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif