Monday, 24th August, 2026
वि.स.

रेडक्रस दामनद्वारा साबुन र मास्क थाहानगरलाई हस्तान्तरण

Napa-1587719495.jpg

 नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाले १२ बैशाखमा थाहा नगरपालिकालाइ कोरोना भाइरसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने भएकोले स्वास्थ्य सामग्री अन्र्तगत एकसय थान डिटोल साबुन र एकसय पिस सर्जिकल मास्क थाहा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसबाट बच्न कारण स्वास्थ्य र सरसफाइलाइ विशेष ध्यान दिनुपर्ने भएकोले स्वास्थ्य सामग्री अन्तर्गत साबुन र मास्क हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी दामन उपशाखा सभापति राजकुमार केसीले बताए । थाहा नगरपालिका प्रमुख लबशेर बिष्टलाई एक कार्यक्रम बिच उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा मेयर बिष्टले एकद्वार प्रणाली अन्तरगत सरसफाइ सामग्री हस्तान्तरण गरेकोमा रेडक्रस दामनलाइ धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा रेडक्रस दामनका सचिब युबराज बर्तौला, कोषाध्यक्ष राजाराम रायमाझी, सदस्य कमलकुमार केसी, शिबराम थापा, दीपेन्द्रकुमार थिङ, थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरि, अनिल लामिछानेको उपस्थिति रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif