Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगररपालिकाको आर्थिक वर्ष ०७६–०७७ को समिक्षा सम्पन्न

Mun-1616566047.jpg

मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा कार्यक्रम गरेको छ । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा वार्षिक समिक्षा भएको छ । समिक्षिा कार्यक्रममा थाहा नगरपालिकाका विषयगत स्वास्थ्य, शिक्षा, कृषि, पशु विकास लगायतका शाखा सहित अन्य शाखा प्रमुखहरुले आफ्नो वार्षिक कार्यक्रमको प्रगति सुनाएका थिए । 

कार्यक्रममा समग्र नगरपालिकाको प्रगति र अवस्थाको विषयमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रस्तुतिकरण गरेका थिए । २२ साउनमा भउको कार्यक्रममा कार्यक्रम संचालनका बखत भएको अवसर, चुनौति तथा अपेक्षाहरुको विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरु, वडा सचिव, स्थानीय राजनीतिक दल तथा पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । 

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा ८६.११ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । नगरपालिकाले चालुतर्फ ८७.४३ प्रतिशत र पुँजीगततर्फ ८४.९३ वित्तिय प्रगती हासिल गरेको छ । 

हेर्नुहोस् आय व्ययको विवरणः