Tuesday, 25th August, 2026
वि.स.

थाहा नगरमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

corona-1599642033.jpg

 थाहा नगरपालिकाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार मकवानपुरमा पुष्टि भएका १४ जनामा २ जना थाहा नगरपालिका रहेका छन् ।

पुष्टि हुने दुई जना ३० वर्षीय र ७९ पुरुष वडा नंबर ६ का रहेको आयुर्वेद तथा जनसंख्या प्रर्वद्धन शाखा हेटौंडाले जनाएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका विभिन्न स्थानीय तहमा गरी १४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

यो संगै थाहामा कोरोना पुष्टि हुनेको संख्या १४ पुगेको छ जसमा ९ जना संक्रमण मुक्त भएका छन् भने ५ जना उपचाररत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif