Sunday, 23rd August, 2026
वि.स.

थाहा नगरपालिकालाई महिला सहयात्राको सहयोग

मकवानपुर थाहा नगरपालिकामा क्रियाशील महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.ले थाहा नगरपालिकालाई राहत हसतान्तरण गरेको छ । 

महिला सहयात्राले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले संचालन गरिरहेको अभियानमा सहयोग गर्न खाद्यन्नलगायतको समाग्री सहयोग गरेको डाँडाबास शाखाकी प्रबन्धक सृजना केसीले बताइन् । 

संस्थाले चामल १० पाकेट, दाल ३० केजी, नून २५ पाकेट र तेल २ कार्टुन नगर प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरिएको हो । सहयोग बुझ्दै नगर प्रमुख विष्टले विवपदको समयमा स्थानीय तहलाइृ सहयोग गर्ने महिला सहयात्रालाई धन्यवाद दिए । उनले विपदका बेला सबै एक भएर अघि बढे सुरक्षित हुन सकिने धारणा राखे । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०