Sunday, 23rd August, 2026
वि.स.

थाहानगरलाई च्वाइस नेपालबाट स्वास्थ्य सामाग्री सहयोग 

IMGL0909-1588816351.JPG

मकवानपुर थाहा नगरपालिकालाई च्वाइस नेपालले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउन फिबर थर्मल गन पाँच थान सहयोग गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

थाहा नगरपालिकामा एक कार्यक्रमकाबीच चवाइस नेपालका घनश्याम थापाले प्रमुख विष्टलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । सामग्री बुझ्दै नगरप्रमुख विष्टले विपदका बेला सहयोग गर्ने संस्था च्वाइस नेपाललाई धन्यावद दिए । थाहा नगरपालिकासंगको सहकार्यमा विभिन्न सामाजिक कार्य समेत गर्दै आएको च्वाइस नेपालले गरेको सहयोगको विष्टले प्रशंसा गरे ।

च्वाइस नेपालको सहयोगमा स्वास्थ्य संस्थाहरुको निर्माण, खानेपानी आयोजनाहरु संचालन तथा विभिन्न आयआर्जाका कामहरु समेत थाहा नगरपालिकामा संचालन भैरहेको छ । कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, स्वास्थ्य संयोजक मेघराज बलामी, च्वाइस नेपालकी करुणा पौडेललगायतकाको उपस्थिती रहेको थियो । 

यसैबीच स्वास्थ्य सामाग्री सहयोग गरेकोमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण सचिवालय थाहा नगरपालिकाले पनि च्वाइस नेपाललाई धन्यावद दिने निर्णय गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०