Saturday, 22nd August, 2026
वि.स.

थाहा नगरपालिकामै हो एकद्वार राहत वितरण–नगर प्रमुख विष्ट

Labbsss-1586194445.jpg

मकवानपुर थाहा नगरपालिकामा राहत वितरणको एकद्वार नीति पूर्णतः कार्यान्वयमा आएका छ । कोरोना भाइरस (कोभिड–१९)  का कारण संघीय सरकारले गरेको लकडाउनबाट दैनिक गुजारा चलाउन नसकेका नागरिकलाई राहत दिनको लागि पालिकाले ‘राहत वितरण सम्बन्धी कार्याविधि, २०७६’ प्रमाणिकरण गरी कार्यान्वयमा समेत ल्याइसकेको नगर प्रमुख लवशेर विष्टले बताए । 

प्रमुख विष्टले भने–‘कार्यविधिले तोकेको मापदण्डमा एकद्वार प्रणालीमा राहत वितरणमा कुनै कठिनाई छैन ।’ नगरपालिकाले राहत वितरण दिनूपर्नेहरुको विवरण वडा कार्यालयहरुले अहिले संकलन गरिरहेको छ । 

रहात वितरणको लागि २४ चैतमा नगरमा बचत तथा ऋण सहकारीहरु र जिल्ला सहकारी संघको तर्फबाट ३० परिवारको प्याकेज राहत नगरपालिकालाई हस्तान्तरण गरिएको छ । राहत सामाग्री बुझ्दै प्रमुख विष्टले सबैको सहयोगमा विपतीलाई जित्ने हुँदा रहात वितरण जस्तो संवेदनशील विषयलाई एकद्वार प्रणालीमा ल्याउन सहयोग गर्ने सहकारीहरुलाई धन्यवाद दिए । सहकारीहरुको तर्फबाट फणिन्द्र सुवेदीले रहात प्याकेज हस्तान्तरण गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif