Monday, 17th August, 2026
वि.स.

थाहा नगरपालिकामा एसईईको सम्पुर्ण तयारी पुरा

see-1584526417.jpg

चैत ६ गतेदेखी सुरु हुने माध्यामिक शिक्षा परिक्षा एसईईको थाहा नगरपालिकामा सम्पुर्ण तयारी पुरा भएकाे थाहा नगरपािलकाले जनाएकाे छ । ५ चैतमा थाहा नगरपालिकाको जनकल्याण मा वि मा एक कार्यक्रमको आयोजना गरी साे कुरा बताएकाे हाे। चैत ६ देखी सूरु हूने परीक्षामा कैलाश गाउपालिकाको कमलादेवी मा. वि छ्याङदुङ,व्यास मा. वि पकनि ,भिमफेदी गाउपालिकाको लेकाली बसीफाट मा .वि र थाहा नगरपालिका गरी १८ वटा विद्यालयका परीक्षार्थिले थाहा नगरपालिकाको ३ वटा परीक्षा केन्द्रबाट परीक्षा दिनेछन ।

परीक्षाकेन्द्र अन्तर्गत जनकल्याण मा. वि बाट ९ वटा विद्यालयका २८९ जना परीक्षार्थिले परीक्षा दिनेछन । त्यसैगरी मत्स्यनारायण मा. वि बाट ३ वटा विद्यालयको सामान्य र प्राविधिक तर्फ गरी १७२ जना विद्यार्थिले परीक्षा दिनेछन भने बज्रबाराही मा. वि बाट ६ वटा विद्यालयको गरी २३४ परीक्षार्थि गरी थाहा नगरपाकिाबाट जम्मा ६९५ जना विद्यार्थिले परीक्षा दिनेछन ।केन्द्राध्यक्ष परीक्षाकेन्द्रकै प्रध्यानाध्यापक हुनेछन ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, विद्यालयका प्रध्यानाध्यापक ,विद्यालय व्यवस्थापन समितिको अध्यक्ष,शिक्षा शाखाको कर्मचारी, स्वस्थयकर्मि, सञ्चारकर्मि लगाएतको सहभागिता रहेको थियो । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif