Thursday, 2nd July, 2026
वि.स.

थाहा नगरपालिकामा ईजलाश सुरु

ijalasa-1524816217.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यलयमा ईजलाश सुरु भएको छ । थाहा नगरपालिकामा भएको न्यायिक समितिमा आउने मुद्दाहरुको मेलमिलापको लागि ईजलाश सुरु भएको हो । संबैधानिक ब्यवस्था अनुसार नगरपालिका तथा गाउपालिकाहरुमा ईजलाश खोल्नु पर्ने ब्यवस्था रहेको छ । बैशाख ५ गते बाट सुरु भएको ईजलाशमा सुरु पश्चात मात्र ३ वटा मुद्दा समाधान भैसकेको न्यायिक समितिका संयोजक खड्ग गोपालीले बताए । 
थाहा नगरपालिकामा न्यायिक समिति बने पश्चात हाल सम्म ३८ वटा मुद्दाहरु मेलमिलापको लागि आएको छ भने ३ वटा मुद्दा मेलमिलाप गर्न बाकीँ (पेन्डिङ) मा रहेको बताइएको छ । स्थानिय स्तरमै आएका मुद्दाहरुलाई मेलमिलाप गरि रहँदा कानुनको अभाव, अधिकारको अभाव, मेलमिलाप नै हुन नसकिने किसिमको मुद्दा आउने, मेलमिलाप गर्न खोज्दा भलगडिया हुन पुग्ने, कानुन भन्दा माथिको मुद्दाहरु आउने लगायतका समस्याहरु रहेको नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक गोपालीले बताए । कानुन अनुसार न्यायिक समिति मार्फत ३ महिना समयावधिमा मुद्दा मेलमिलाप तथा छिनोफानो गर्नु पर्ने ब्यवस्था रहेको छ । थाहा नगरपालिकाको न्यायिक समितिमा गोपालीको संयोजकत्वमा कबिता कार्की र किरणमान बल सहित ३ जना सदस्यिय समिति रहेको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।