Monday, 24th August, 2026
वि.स.

बस संचालन सम्बन्धि भ्रममा नपर्न थाहा नगरपालिकाकाे आग्रह

IMG_20200425_140234-1587802695.jpg

थाहा नगरपालिकाले काठमाण्डौंमा रहेका नागरिकहरुलाई ल्याउनको लागि कुनै पनि बस संचालनमा नल्याएको स्पष्ट पारेको छ । यसअघि सामाजिक संजालहरुमा थाहा नगरपालिकाका नागरिक काठमाण्डौंबाट फर्कन चाहनेले सम्पर्क गर्न अनुरोध गर्दै सामाजिक सञ्जलमा सूचनाहरु समेत प्रकासित भएकोमा त्यसमा सत्यता नभएको नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका क्रममा संघीय सरकारले गरेको लकडाउनलाई पालना गर्नु हामी सबैको कर्तव्य हो । यस बखत हामी आम नागरिकको स्वास्थ्यप्रति संवेदनशील छौं । पारिवारिक भेटघाट भन्दा पनि सुरक्षित रहनु अहिलेको आवश्यकता हो । यहि कुरालाई मनन् गर्दै थाहा नगरपालिकाले नगर बाहिर रहेको नागरिकहरुको अवस्था बुझ्न र सहयोग गर्नको लागि अनलाईन सर्भे सिस्टम संचालनमा ल्याएको अवगत नै छ । थाहा नगरपालिकाले काठमाण्डौंमा रहेका नागरिकहरुलाई ल्याउनको लागि कुनै पनि बस संचालनमा नल्याएको, नगरपालिकाकाे अाधारीक पेज माफर्त जानकारी गराएकाे छ ।

 काठमाण्डौंमा रहेका नागरिकहरुलाई घरसम्म ल्याउनको लागि थाहा नगरपालिकाले यात्रुबहाक बस पठाएको भन्ने जानकारीमा आएको हुँदा नगरपालिकाले अहिलेसम्म नागरिकलाई लिनको लागि कहिँकतै सवारी साधन( बस) नपठाएको र कोही कसैले भनेको वा जानकारीमा ल्याएको भए पनि उक्त जानकारी आधाकारिक नभएको बताएकाे  छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

IMG_20200425_140234-1587802698.jpg






Thaha-002-1774415222.gif