Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा टाइम्सका फाेटाे पत्रकार विष्टले काेराेना जिते

IMG_20201116_060814-1605486211.jpg

मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ३  निवासी फोटो पत्रकार गणेश बिष्ट कोरोना मुक्त भएका छन् । 

थाहा टाइम्स तथा विकास खबरपत्रिकामा आवद्ध विष्टले संक्रमणको १६ औं दिनमा कोरोना जितेका हुन् । छिमेकीको कन्ट्याक ट्रेसिङमा परेका फोटो पत्रकार विष्टको १३ कात्तिकमा स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको थियो । होमआइसोलेशनमा बसेका विष्टकाे संक्रमणको दशौं दिनमा पुनः प्रादेशिक प्रयोगशाला हेटाैंडामा स्वाब परीक्षण गर्दा पनि पोजेटिभ आएपछि काठमाण्डौंमा स्वाब परीक्षण गरिएको थियो । 

फोटो पत्रकार विष्टको काठमाण्डौंमा १६ औं दिनमा गरिएको स्वाब परीक्षणमा नेगेटिभ आएको थियो । पत्रकार विष्ट अहिले दैनिक कामकाजमा फर्कीसकेका छन् ।