Thursday, 25th June, 2026
वि.स.

थाहा दिवसको उद्घाटन स्थानीय विकास मन्त्री पाण्डेले गर्ने

मकवानपुरको थाहानगरमा आयोजित दोस्रो थाहा दिवस वृहत्त समारोहको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले उद्घाटन गर्ने भएका छन् । २६ पौष विहान ८ बजे थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको जन्म जयन्तीको अवसरमा आयोजित दोस्रो थाहा दिवसको मन्त्री पाण्डले उद्घाटन गर्ने भएका हुन् । 

रुपचन्द्र विष्टको जन्मथलो मकवानपुर थाहानगरको विकास घरमा फरक सोचले कार्यक्रमको आयोजना गरेको हो । गतवर्षबाट सामाजिक क्षेत्रमा क्रियाशील स्थानीय युवाहरुको समूह फरक सोचको आयोजनामा थाहा दिवस मनाउन थालिएको हो । रुपचन्द्रको थाहादर्शनलाई फैलाउन र नयाँ पुस्तामा यसको महत्व प्रवाह गर्ने उद्देश्यले दिवस मनाउन थालिएको संयोजक यादवजंग रायमाझीले बताए । 

थाहा दिवसको अवसरमा शैक्षिक विकासका लागि मकवानपुरको दामन पालु∙ क्षेत्रमा योगदान दिनूहुने स्वर्गिय तीर्थदास स्मृति सम्मान कोषबाट स्थानीय क्षेत्रमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । कोषबाट यसवर्ष सामाजिक क्षेत्र र पर्यटन विकासमा योगदान दिने व्यक्तिलाई सम्मान गरिने छ भने थाहा सम्मान अन्तर्गत एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच फरक सोचले थाहा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । फरक सोचले दिवसको अवसरमा थाहानगर स्तरीय अन्तर मावि निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता, मकवानपुर उत्तरी क्षेत्र स्तरीय पुरुष खुल्ला भलिबल, थाहा भित्तेलेखन कार्यक्रमलगायतका क्रियाकलाप संचालन गरेको थियो । कार्यक्रमको अवसरमा बालबालिका र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम पनि रहेको छ । 

थाहा नगर आइपुगेका मन्त्री पाण्डेले थाहा नगरपालिकाको चौथो नगर परिषद पनि उद्घाटन गर्ने कार्यत्रलmम रहेको छ ।