Friday, 21st August, 2026
वि.स.

थाहा दिवसको अवसर हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता

IMGL0995-1546669462.JPG

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८५ औ जन्मजयन्तीको अवसरमा मकवानपुर थाहाको जनकल्याण उच्च माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता तथा उच्च माविस्तरीय वक्तृतवकला प्रतियोगिता सम्पन्न भएको छ । 
थाहा नगरपालिकासंगको समन्वय तथा फरकसोच अभियानको आयोजनामा प्रतियोगिता भएको हो । विष्टको जन्मजयन्ती यहि पौष २६ गते पर्दछ । यस दिनलाई थाहा दिवसको रुपमा मनाईदै आएको छ । 

‘मैले सुनेको रुपचन्द्र’ विषयमा वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा रामहरी अधिकारी र कुमार नेगी रहेका थिए भने हाजिरी जवाफ प्रतियोगितामा पाँच माविको सहभागिता रहेको थियो । फरकसोच अभियानका रामकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा फरक सोचका मनोज रायमाझी, राजु पोखरेल, सुरजकुमार भुजेल, विभिन्न विद्यालयका शिक्षकहरु तथा जनकल्याण माविका शिक्षक शिक्षिकाहरुको विशिेष उपस्थिती रहेको थियो । 

विष्टको जन्म जयन्तीको अवसरमा २६ पौष विहान महिला पुरुष खुल्ला दौड प्रतियोगितालगायतको कार्यक्रमहरु संचालन हुने फरकसोच अभियानका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । फरकसोच अभियानले वर्षेनी रुपचन्द्र विष्टको जन्मोत्सवको अवसरमा विधि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

IMGL0995-1546669492.JPG






Thaha-002-1774415222.gif