Friday, 21st August, 2026
वि.स.

थाहा–९ को बाबियो भिरको पहिरो पन्छाउन कोही अघि सरेनन्

मकवानपुर चित्लाङबाट मार्खुहुँदै कुलेखानीबाट हेटौंडा तथा काठमाण्डौ संचालन हुने सवारी साधन चारदिनदेखि संचालन हुन सकेको छैन । 

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ सिम्लाङदेखि करिब २ किलोमीटर पर थाहा नगरपालिका वडा नम्बर ९ को बाबियोभिरमा पहरो गएपछि कुन्छाल कुलेखानी सडक शुक्रबार रातीबाट अवरुद्ध भएको हो । पहिरो गएको क्षेत्र थाहा नगरपालिका वडा नम्बर ९ र इन्द्रसरोवर गाउँपालिकाका बासिन्दासंग बढि सरोकार राख्ने उक्त सडकमा झरेको पहिरो पन्छाउन कसैले चासो दिएका छैनन् । 

सडक अवरुद्ध हुँदा छोटो बाटोबाट हेटौंडा तथा काठमाण्डौ जान नसकिने भएको छ भने कृषि उपज बजारसम्म पु¥याउनको लागि किसानहरुलाई समस्या भएको स्थानीय कृषकहरुले बताएकाछन् । 

 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif