Saturday, 22nd August, 2026
वि.स.

थाहा–५ को वडा कार्यालयमा आगजनी

Ward-5-1571015482.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ को कार्यालयमा आगजनी भएको छ ।

वडा नम्बर ५ को आरनडाँडामा रहेको वडा कार्यालयमा २६ असोज राती करिब ११ः४० बजेतिर कार्यालयमा आगजनी भएको वडा अध्यक्ष विष्णु बहादुर गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले भने–‘ढोका फुटाएर, पेट्रोल, मट्टितेल छर्केर आगो लगाएको रैछ, विद्युत मीटर बक्स फुटेको आवाजपछि गाउँलेले थाहा पाएछन् ।’ वडा कार्यालयमा रहेको सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

आगजनीको कुनै पनि समूह तथा व्यक्तिले जिम्मा लिएको छैन । उक्त वडा कार्यालय यसवर्ष मात्र बनाइएको हो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif