Wednesday, 1st July, 2026
वि.स.

थाहाले ल्याएको शिक्षक ‘स्वर्णिम स्वेच्छिक अवकाश’ योजनाप्रति शिक्षक संगठनको ध्यानाकर्षण

Dhyaaaaaaaaaaaaaaaaaaaaaa-1567667751.png

सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरयुक्त र समय सापेक्ष रूपमा अगाडि बढाउने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले अपडेट हुन नसक्ने पुराना शिक्षकलाई अवकाश दिनका लागि योजना सार्वजनिक गरेको थियो । थाहा नगरपालिकाले २५ वर्ष स्थायी सेवा गरिसकेको शिक्षकका लागि १८ भाद्रसम्म नगरपालिकामा निवेदन दिन भनि उक्त योजना सार्वजनिक गरेको थियो ।  ‘थाहा नगरपालिकास्थित नगर शिक्षा समितिले पेन्सन पाकेका, अपडेट हुन नसक्ने, अंग्रेजी माध्यममा प्रावि तहका विद्यार्थीलाई पढाउन नसक्ने र प्रविधिमैत्री नभएका शिक्षकहरूलाई अवकाश दिने उद्देश्यले योजना ल्याएको हो,’ र ‘लामो अवधिसम्म शिक्षण पेसा गरेर समाजलाई योगदान पुर्‍याउँदै आएका शिक्षकलाई राजीनामा दिनोस् भनेर दबाब दिनुभन्दा सम्मानका साथ अवकाश दिने उद्देश्यले ‘स्वर्णिम स्वेच्छिक अवकाश’ योजना ल्याएको नगरपालिकाका मेयर लवशेर विष्टको भनाइ छ

उक्त योजनामा अवकाश लिन तोकिएको समयभित्र निवेदन दिएका शिक्षकलाई नगरपालिकाले १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरेर  भदौ २२ मा शिक्षा दिवसको दिन अवकाश दिने थाहा नगरपालिका शिक्षा एकाईको योजना छ । थाहा नगरपालिकाभित्रको सामुदायिक स्कुलमा २५ वर्ष स्थायी सेवा गरिसकेका ४४ जना शिक्षक छन् । थाहा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा तल्लो तहदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने र विद्यालय प्रविधिमैत्री बनाउने योजना सफल बनाउन र नगरको शैक्षिक गुणस्तर वृद्धि गर्न ‘स्वर्णिम स्वेच्छिक अवकाश’ योजना ल्याएको नगरपालिकालेले जनाएको छ । 

नगरपालिकाको यस योजनालाई सबैले उचित ठानेपनि नेपाल राष्ट्रिय  शिक्षक संघ थाहानगर कमिटीले भने नगरपालिकाको यस्तो कदम प्रति गम्भिर ध्यानाकर्षण गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संघ थाहानगर कमिटीका सचिब मनोज लामिछानेले आफ्नो फेसबुक स्टाटस मार्फत गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्ः यस थाहा नगरपालिकाले शिक्षक हरुका लागि ल्याएको “स्वर्णिम स्वैच्छिक अबकास” कार्यक्रम सार्है मन पर्यो, पेन्सन हुन अबधी पुगेका शिक्षकहरुको लागि सानो भएपनी उपहार प्रदान गरि सम्मानजनक रुपमा बिदाइ गर्नु सकारात्मक कुरा हो, शिक्षा सुधार प्रती भएको गाम्भिर्यताप्रती नगरपालिकालाई हार्दिक आभार तथा जिबनभर देस र जनताकाका लागि काम गरेर जीवन ब्यतित गर्नुभएका शिक्षकहरुलाई सम्मान गर्नु उल्लेख्य कार्य हो यस कार्यको प्रशंसा गर्नुपर्दछ तर एकातिर सम्मान गरेजस्तो गरेर अर्को तर्फ अपमान गर्न खोज्नुलाइ “खाएखा नखाए घिच” भनेजस्तो भएको मान्नुपर्छ यो दुर्भाग्य हो, अपडेट हुन नसक्ने, प्रा बि मा अङ्ग्रेजी मा पढाउन नसक्ने तथा प्रबिधीमैत्री हुन नसक्ने जस्ता शब्दहरुले के शिक्षक को सम्मान गर्ला त र? अनि के यो विधि चाहिँ नेपालको माटो सुहाउँदो छ त र? नगरले त्यस्ता शिक्षकहरुलाई अपग्रेड तथा प्रबिधि मैत्री बनाउन र पेसाप्रती गम्भीर र मर्यादित बनाउन कुनै पहल गरेको छ त र? यसको अर्थ पेसामा मर्यादित नहुने शिक्षकलाई पनि जोगाउनुपर्छ भन्ने मान्यता कदापी होइन तसर्थ एकातिर केन्द्रिय सरकार उमेर अबधी बढाउने तयारिमा छ भने अर्कोतर्फ स्थानीय सरकार शिक्षकलाई अपमानित गर्न खोज्दैछ । अझै पनि शिक्षकको सम्मान गर्न नजानेको जस्तो भान भैरहेछ । राम्रो काम भएपनी शैली बेठीक भएकोमा यस्ता अभिव्यक्तिहरुले शिक्षक अपमानित भएको छ तसर्थ यस कुराको ने.रा.सि.सं.थाहानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्ष – रमेशमान डंगोल , सचिब – मनोज लामिछाने ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०