Thursday, 20th August, 2026
वि.स.

थाहालाई बालश्रम मुक्त घोषणा गर्न थालियो अनुगमन

थाहा नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणाको लागि थाहा–१ मा अनुगमन भएको छ ।

थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीको नेतृत्वमा अनुगमन भएको हो । टोलीले वडा नम्बर १ को ओखरबजार क्षेत्रका विभिन्न ५८ वटा व्यवशायीक पसल तथा व्यवशायको अनुगमन गरिएको थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । अनुगमनको क्रममा १६ वर्ष मुनिका कुनैपनि बाल श्रमिक नभेटिएको टोलीमा रहेका लामिछानेले बताए । अनुगमन टोलीमा ओखबर बजार व्यवस्थापन समितिले पनि साथ दिएको छ । बजार क्षेत्रमा बालश्रम मुक्त गर्नको लागि समितिको तर्फबाट सक्दो पहल गर्ने ओखरबजार व्यवस्थापन समितिका अध्यक्ष प्रविण प्रधानले प्रतिवद्धता व्यक्त गरे । 

अनुगमन टोलीले अन्य टोलहरुमा पनि अनुगमन गरिने लामिछानेले बताए । अनुगमन टोलीमा वडा सदस्यहरु, स्थानीय संघसंस्थाका पदाअधिकारीहरुलगायतको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif