Tuesday, 18th August, 2026
वि.स.

थाहामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबारे ३ दिने प्रशिक्षण शुरु

DHIS-1697352760.jpg

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी ३ दिने तालिम २८ असोजबाट शुरु भएको छ । 

थाहा नगरपालिका भित्रका  स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यसंग सम्बन्धित विवरण तथा जानकारीहरु एउटै प्रणालीमा राख्न सक्षम गराउने उद्देश्यले तालिम शुरु गरिएको थाहा नगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

थाहा नगरपालकाको हलमा सञ्चालन भइरहेको तालिममा नगरपालिकाका १२ वटा स्वास्थ्य संस्था, नागरिक आरोग्य केन्द्र, आँखा केन्द्रसहित दुईवटा पोलिक्लिनिकका प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ । सहभागीहरुलाई बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत राजन चालिसेले प्रशिक्षण दिइरहेका छन् । 

प्रशिक्षण कार्यको शुरुमा स्वास्थ्य शाखा प्रमुख बलामीले तालिमको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif