nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबारे ३ दिने प्रशिक्षण शुरु

DHIS-1697352760.jpg

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी ३ दिने तालिम २८ असोजबाट शुरु भएको छ । 

थाहा नगरपालिका भित्रका  स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यसंग सम्बन्धित विवरण तथा जानकारीहरु एउटै प्रणालीमा राख्न सक्षम गराउने उद्देश्यले तालिम शुरु गरिएको थाहा नगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

थाहा नगरपालकाको हलमा सञ्चालन भइरहेको तालिममा नगरपालिकाका १२ वटा स्वास्थ्य संस्था, नागरिक आरोग्य केन्द्र, आँखा केन्द्रसहित दुईवटा पोलिक्लिनिकका प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ । सहभागीहरुलाई बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत राजन चालिसेले प्रशिक्षण दिइरहेका छन् । 

प्रशिक्षण कार्यको शुरुमा स्वास्थ्य शाखा प्रमुख बलामीले तालिमको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)