Friday, 21st August, 2026
वि.स.

थाहामा सक्रिय कृषक र व्यवसायी पुरस्कृत (फोटो फिचर सहित)

67970858_2716828875003063-1564570574.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सक्रिय रुपमा रहेका व्यवसायी र कृषक पुरस्कृत भएका छन् । च्वाईस नेपाल संगको सहकार्यमा शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडल बुधबार पुरस्कार वितरण कार्यक्रम गरिएको हो । 

च्वाईस नेपाल तथा शिखर बचत तथा ऋण सहकारी संस्थाको हरेक व्यावसयिक विकास तालिममा सक्रिय भई आफ्नो व्यवसाय गर्न अग्रसर भएका उत्कृष्ट व्यवसायी र कृषक गरी २० जनालाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा कृषक तथा व्यवासयीहरु सोमनाथ गोपली, गणेश प्रसाद विष्ट, विष्णु वि.क, सहदेव सिं कार्की, रामशरण विष्ट, प्रताप विष्ट, हरिहर ढकाल, कासिराम थापा, किरण स्याङतान, नवराज कार्की, मन सिं पाख्रिन, रेविका के.सी., पार्वती श्रेष्ठ रहेका छन् । जसमध्ये यस वर्षका उत्कृष्ट कृषक केदार रायमाझीलाई ३३ हजार रुपैयाँको टनेल वितरण गरेको छ ।

पुरस्कृत हुने १९ जना व्यवसायी र कृषकहरुलाई प्रस्तावित कार्य सम्पन्न गरे पश्चात प्रतिव्यक्ति नगद रु. १० हजार सहकारी मार्फत नै प्रदान गरिने जनाइएको छ ।

थाहा नगरपालिका वडा ३ को विकासघरमा सञ्चालन भएको कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष मधुसुदन विष्टको सभाध्यक्षता तथा थाहा नगरपालिकाको उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।


तस्विरः गणेश प्रसाद विष्ट

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif