Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा बाँदर आतंकले चिन्तित किसानहरु

IMG_20200823_201624-1598193194.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा बाँदर आतंक नै फैलिएको छ । यस क्षेत्रमा विगत ३/४ वर्षदेखि नै बाँदरले खेतीबालीमा क्षति पु¥याएर दुख दिने गरेको भएपनि आजभोलि किसानलाई आतंकित नै पारेको छ । जंगल छेउ खेतबारी भएका किसानहरुलाई बाँदरले साह्रै सताउने गरेको छ ।

गुलेलीले हान्ने, पटका पट्काउने, दिनभर कुर्न बस्ने लगायतका विभिन्न सावधानीका उपायहरु अपनाउँदा पनि बाँदरले खेती बिगारेको देख्दा गहभरि आँसु बगाउँदै कृषि पेशामा आश्रित थाहा नगरपालिका वडा नम्बर ३ का पशुपति बिष्ट दुखेसो पोख्छन् । यो समस्या थाहाको धेरै ठाउँमा छ । वर्षेनी रोपनीका रोपनी बाली नष्ट गर्ने यि बाँदर आतंक न्युनिकरण गर्न स्थानीय तहका थाहाको कृषि शाखाले कुनै पनि कदम नचालेकोप्रति स्थानीय कृषक रामकाजी खड्काले दुःख पोखे । 

चार पाँच सयको हुलमा आउने बाँदरले बारीको मकै, काउली, बन्दा, मुला लगायतका उत्पादन मिनेटमै स्वाहा पारिदिन्छ । 
 



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।