Saturday, 22nd August, 2026
वि.स.

थाहामा फेडवासनको प्रथम नगर भेला

IMGL0401-1574734655.JPG

मकवानपुर थाहा नगरपालिकामा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुको प्रथम नगर भेलाबाट निरञ्जन श्रेष्ठ अध्यक्षमा चयन भएका छन् ।
 
थाहा नगरपालिकाको थानाबजारमा भएको भेलाबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।  उनी पालुङ शहर खानेपानी उपभोक्ता समितिकोे अध्यक्ष समेत हुन् । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका नेपाल (फेडवासन) का राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको विशेष आतिथ्यता रहेको थियो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका नेपाल मकवानपुर शाखाको आयोजनामा भएको कार्यक्रमको सहकार्य थाहा नगरपालिकाले गरेको थियो । कार्यक्रममा जिल्ला सदस्य गौतम बुद्ध लामा, नेकपा थाहा नगर कमिटिका अध्यक्ष अरुण रायमाझी, थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेललगायतकाको आतिथ्यता रहेको थियो । 

कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका नेपालका मकवानपुरका सचिव सचिव कृष्ण बहादुर राईको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमका वक्ताहरुले खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका नेपालले उपभोक्ताहरुको हितमा गर्नुपर्ने बताएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif