Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा हालसम्म १२ जनामा कोरोना पुष्टि

thahanagarpalika-1598079879.jpg

थाहा नगरपालिकामा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १२ पुगेको छ । शुक्रबार थप २ जनामा कोरोना पुष्टि भए संगै थाहा नगरमा संक्रमितको संख्या १२ पुगेको हो ।

शुक्रबार पुष्टि हुनेमा थाहा नगरपालिका वडा नंबर २ पालुङका ३० वर्षिय पुरुष र वडा नंबर ६ बज्रवारहीका ४१ वर्षिय पुरुष दुबै जना दुबई बाट आएका हुन् । संक्रमित दुबै जनालाई उपचारको लागि हेटौंडा स्थित गौरिटार आइसोलेसन पाठइएको थाहा नगरपालिकाले जनाएको छ ।

 पालुङका संक्रमित परिवारका ६ जना र २ जना अटो चालकलाई थाहानगर क्वारेन्टिनमा राखिएको छ भने बज्रवाराहीका संक्रमितका ९ जना परिवारका सदस्यलाई होमक्वारेन्टिनमा बस्न सुझाव दिइएको थाहा नगरपालिकाको कोरोनाभाईरस  रोकथाम तथा नियन्त्रण सचिवालयले जनाएको छ ।

थाहा नगरकाे १२ जना संक्रमित मध्य हालसम्म ७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । हालसम्म संक्रमण मुक्त भएर घर फर्किनेहरुमा वडा नंबर ६ र ७ का २/२ जना र वडा नंबर ३,१० र ११ का एकरएक जना रहेका छन् ।

 हालसम्म संक्रमण पुष्टि हुनेहरुमा ५ जना उपचाररत रहेका छन् । संक्रमण पुष्टि भएर उपचाररत रहनेहरुमा थाहा नगरपलिका वडा नंबर २ र ४ का एक/एक जना रहेका छन् भने वडा नंबर ६ का ३ जना रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०