Monday, 17th August, 2026
वि.स.

थाहामा गाभिएला त आग्रा, चित्लाङ र टिष्टुङ ?

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति मकवानपुरको आयोजनामा थाहा नगरपालिकामा कुन कुन गाविस गाभ्ने भन्ने विषयमा छलफल भएको छ ।

थाहा नगरपालिकाको जेसीज सभाहलमा भएको छलफलमा चित्लाङ, टिष्टुङ र आग्रा गाविसबासीले आफ्नो गाविस थाहा नगरपालिकामा गाभ्दा हुने फाईदा र बेफाइदाको विषयमा आ–आफ्नो मत राखेका थिए । 

थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले संचालन गरेको छलफलमा प्राविधिक सहयोग समिति मकवानपुरका सदस्य एवं जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत विष्णुकुमार महतको सभाध्यक्षतामा भएको थियो । 

यस अघि स्थानीय तह पुनःसंरचना आयोग समक्ष थाहा नगरपालिकामा आग्रा, टिष्टुङ र चित्लाङ गाविसलाई गाभ्ने प्रस्ताव गरिएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif