Sunday, 16th August, 2026
वि.स.

थाहामा कर शिविर ३ दिन थपियो 

myad-thapp-1722754850.png

थाहामा गत १६ साउनदेखि जारी संयुक्त कर शिविर ३ दिन थपिएको छ । आयोजक थाहानगर उद्योग वाणिज्य संघले सहयोगी निकायहरु आन्तरिक राजश्व कार्यालय र थाहा नगरपालिकासँग समन्वय गरेर संयुक्त कर शिविरलाई २२ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । 

अधिकाँश व्यवसायीहरुको आय विवरण बुझाइ कर दाखिला गर्न र साउन महिनाभित्रै बुझाउनुपर्ने अन्तःशुल्क बुझाउन बाँकी देखिएकोले संयुक्त कर शिविर ३ दिन थप गरिएको थाहानगर उद्योग वाणिज्य संघका महासचिब जर्म श्रेष्ठले जानकारी दिए । उनका अनुसार थपिएको ३ दिनमा आय विवरण भरी कर दाखिला, अन्तःशुल्क नवीकरण, थाहा नगरपालिकाको व्यवसाय नवीकरण, नयाँ व्यवसाय दर्ता र कारोबार थपघटसम्बन्धी सेवा उपलब्ध हुनेछ । 

संयुक्त कर शिविर थाहा नगरपालिकाको शिखरकोटस्थित थाहानगर उद्योग वाणिज्य संघको कार्यालयमा सञ्चालन भइरहेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०