krishi-4-1744105937.jpg
Friday, 23rd May, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

थाहाबाट नेपाल सरकारकाे पहिलाे सचिव बने रघुराम विष्ट, गण्डकी प्रदेशकाे मुख्य सचिवकाे जिम्मेवारी

sachib-e1729750466820-1729786648.jpg

थाहा नगरपालिकाले पहिलाेपटक नेपाल सरकारकाे सचिव पदमा एक जना प्राप्त गर्न  सफल भएकाे छ । थाहा नगरपालिकाका रघुराम विष्ट नेपाल सरकारकाे सचिवमा बढुवा भएका छन् । बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका कायम मुकायम प्रदेश प्रमुख सचिव विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे  । 

ज्येष्ठतामा एकल सिफारिस भएका विष्टलाई बढुवासँगै गण्डकी प्रदेशकै प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

लाेक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रघुराम विष्टको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

लाेक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रघुराम विष्टको नाम सिफारिस गरेको थियाे । 

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव विष्टको नाम मात्रै सिफारिस भएको थियाे ।

थाहा नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा विष्ट थाहा नगरपालिकाबाट नेपाल सरकारकाे सचिव पदमा पुग्ने पहिलाे हुन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०