Saturday, 22nd August, 2026
वि.स.

थाहानगर सहकारी समन्वय समितिको अध्यक्षमा सुवेदी

Cooo-1583335397.jpg

मकवानपुर थाहा नगरपालिकामा सहकारी प्रतिनीधिहरुको भेलाले थाहानगर सहकारी समन्वय समिति गठन भएको छ । २१ फागुनमा भएको भेलाले महेश्वर सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा पुरुषोत्तम कार्की, सचिव राजेन्द्र विडारी, कोषाध्यक्ष कल्पना बलामी चयन भएका छन् । सदस्यहरुमा शिवहरी वर्तौला, संगिता भुजेल, रीता प्रधान, राममाया केसी, सुनमायाँ भोम्जन, फणिन्द्र सुवेदी, मेघराज बलामी चयन भएकाछन् ।

समितिको सल्लाहकारहरुमा नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी चयन भएका छन् । त्यस्तै आमन्त्रित सदस्यहरुमा थाहा नगरपालिकाको सहकारी हेर्ने अधिकृत वा तोकिएको कर्मचारी रहेका छन् ।

थाहा नगरपालिका आर्थिक विकास समितिका संयोजक हेरमान गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख लवशेर विष्टको विशेष उपस्थित रहेको थियो । कार्यक्रममा थाहा–६ का वडा अध्यक्ष शशीधर सुवेदी, जिल्ला सहकारी संघ मकवानपुरका कोषाध्यक्ष विमल कुमार ढकाल, थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेलगायतकाको उपस्थिती रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif