Monday, 24th August, 2026
वि.स.

थाहानगर विसिङ्खेलका अग्नीपीडित परिवारलाई काँग्रेसको नगद र खाद्यन्न सहयोग

Congree-1591106453.jpg

थाहा नगरपालिका वडा नम्बर १० तल्लो विसिङ्खेलका अग्नीपीडित तीन परिवारलाई नेपाली काँग्रेस थाहा नगरले खाद्यन्न तथा नगद सहयोग गरेको छ । 

यहि जेठ १७ गते बेलुकी आगोलागी भएर घर ध्वस्त भएपछि घाइते तथा पीडित परिवारलाई राहत दिइएको नेपाली काँग्रेस थाहानगरका सभापति योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । पीडितहरुलाई नगद ४९ हजार २ सय २० तथा ८ हजार रुपियाँ बराबरको खाद्यन्न सहयोग गरेको हो । नेपाली काँग्रेस थाहानगरले घाईते किरण देवी गमालको परिवारलाई ४० हजार २ सय २० रुपियाँ तथा अग्नीपीडित जीवन गमालको परिवारलाई ४ हजार र अर्का अग्नी पीडित हेमन्त गमालको परिवारलाई ५ हजार रुपियाँ सहयोग गरिएको थाहा–१० का वडा सदस्य तथा काँग्रेस नेता रामकृष्ण गमालले जानकारी दिए । घटनामा परी किरणदेवी गमाल र उनको दुई छोराको काठमाण्डौंमा उपचार भैरहेको छ ।

थाहा नगरपालिकाका नगर उपप्रमुख तथा काँग्रेस नेता खड्ग बहादुर गोपालीको विशेष उपस्थितीमा गरिएको राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस थाहानगर उपसभापति भरत गोपाली, नगर सचिव राममाया केसी, नगर सदस्य कर्ण गोपाली, प्रमोद जोशी, नेपाली काँग्रेस ६ नम्बर वडा सभापति राजभाई गोपाली, १० नम्बर वडा सदस्य उषा गमाल, पानमाया विक, १० नम्बर वडा सभापति तथा थाहा–१० वडा सदस्य दीपक गोपाली लगायतका काँग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif