Wednesday, 26th August, 2026
वि.स.

थाहानगर विसिङ्खेलका अग्नीपीडितलाई २ लाख १५ हजार सहयोग

गत जेठ १७ गते आगलागीमा परी घर, खाद्यान्न, लत्ताकपडासहित सबै सामानहरु जलेपछि पीडामा परेका थाहा नगरपालिका–१० विसिङ्खेलका तीन परिवारलाई समाजसेवी युवाहरुको पहलमा २ लाख १५ हजार रुपिया सहयोग प्रदान गरिएको छ । कतारस्थित बिसिङ्खेल युवा समाज कतारको पहलमा संकलन गरिएको १ लाख र काठमाण्डौं तथा स्थानीय क्षेत्रबाट संकलन गरिएको १ लाख १५ हजार गरी अग्नि पीडितलाई जम्मा २ लाख १५ हजार रुपिया सहयोग गरिएको अभियन्ता गोकुल बस्नेतले जानकारी दिए । 

घर जलेर नष्ट भएपछि घरबासबिहिन भएका उनीहरुका लागि सहयोग जुटाउन बिसिङ्खेल युवा समाज कतारमार्फत् पुस्कर गमाल, अक्कल गमाल लगायतले पहल शुरु गर्नुभएको थियो भने बिसिङ्खेल क्षेत्रबाट काठमाण्डौंमा विभिन्न पेसा–व्यवसाय गरी बसेका युवाहरु गोकुल बस्नेत, जनक गमाल, डम्बर गमाल लगायतले पहलकदमी शुरु गरेका थिए ।  २ कात्तिकमा पीडितको घरमै पुगेर वडाअध्यक्ष हिराबहादुर गमालको साथमा अभियन्ताहरुको टोलीले सहयोग हस्तान्तरण गरेको हो । अग्नि पीडितहरु जीवन गमाललाई ९८ हजार ७००, सानोकाजी गमाललाई ५८ हजार ३०० र हेमकर्ण गमाललाई ५८ हजार ३०० रुपिया सहयोग गरिएको अभियन्ता जनक गमालले बताए । 

पीडित परिवारमध्ये माथिल्ला तलामा रहेको झ्यालबाट हाम फाल्दा घाइती भएकी २८ बर्षीया किरणदेबी गमालको उपचारमा समेत सहयोग गरिएको उनीहरुको भनाइ रहेको छ । काठमाण्डौं कलंकीस्थित सहिद मेमोरियल हस्पिटलमा भर्ना गरिएकी किरणदेवीको हाल डिस्चार्ज भए पनि पूर्ण रुपमा निको हुन सकेको छैन । उक्त घटनामा किरणदेवीका ८ बर्षीय छोरा जेम्स र कान्छो छोरा ८ महिनाको आवास गमाल पनि घाइते भएका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष हिराबहादुर गमाल, पूर्व वडा अध्यक्ष हरिदास गमाल, हिरा गमाल, प्याठा गमाल, उत्तम लामिछाने लगायत समाजसेवीहरुको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif