Sunday, 23rd August, 2026
वि.स.

थाहानगर विसिङ्खेलका अग्नीपीडितलाई प्यासिफिक सहकारीको सहयोग

pppppppppp-1591583664.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० तल्लो विसिङ्खेलका अग्नी पीडित तीन परिवारलाई थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको प्यासीफिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । 

यहि जेठ १७ गते बेलुकी आगोलागी भएर घर ध्वस्त भएपछि घाइते तथा पीडित परिवारलाई राहत दिइएको सहकारीका कोषाध्यक्ष रुपचन्द्र गोपालीले जानकारी दिए । पीडितहरुलाई कुल ३४ हजार रुपियाँ नगद सहयोग गरेको कोषाध्यक्ष गोपालीले बताए । सहकारीले घाईते किरण देवी गमालको परिवारलाई १८ हजार रुपियाँ तथा अग्नीपीडित जीवन गमालको परिवारलाई ८ हजार र अर्का अग्नी पीडित हेमन्त गमालको परिवारलाई ८ हजार रुपियाँ सहयोग गरिएको सहकारीले जनाएको छ । 

सहकारीका अध्यक्ष राजेन्द्र विडारीले पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष विडारी, उपाध्यक्ष मिना जोशी, सचिव सविनभक्त श्रेष्ठ, कोषाध्यक्ष रुपचन्द्र गोपाली लगायत सहकारी संचालक समितिका पदअधिकारीहरु, १० नम्बर वडा सदस्य उषा गमाल र दीपक गोपालीको उपस्थिती रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०