Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर टिष्टुङको ढुङ्गाखानीमा पहिरो खस्दा ट्रिपर र जेसिबी पुरिए

थाहा नगरपालिका वडा नम्बर १२ मा रहेको ढुङ्गाखानीमा पहिरो जेसीबीसहित ३ वटा ट्रिपर पुरिएको छ । 

ढुङ्गा लोड गर्नका लागि पार्किङमा राखिएको ट्रिपर र जेसिबी पुरिएको स्थानीय सुरेश लामाले जानकारी दिए । पहिरोमा परी एकजना बेपत्ता भएको अनुमान गरिएको छ । अरु ट्रिपरमा पनि केही थिए वा थिएनन् भन्ने यकिन नभएको बुझिएको छ । पहिरो झर्ने डरले अहिले उद्धारको काम हुन नसकेको बताइएको छ ।

पहिरोले त्रिभुवन राजपथ अवरुद्ध छ । भर्खरै इलाका प्रहरी कार्यालय पालुङको प्रहरी टोली घटना स्थलसम्म पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०