Sunday, 23rd August, 2026
वि.स.

थाहानगर टिष्टुङका कोरोना संक्रमित परिवारको रिपोर्ट आयो

corona-Update-1590053277.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ देउरालीका एकजना पुरुषलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि परिवारमा गरीएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 

टिष्टुङ देउरालीका कोरोना संक्रमित पुरुषको श्रीमती र दुई छोरीको हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा स्वाब परीक्षण गरिएको थियो । उनीहरुको पिसिआर रिपोर्ट ८ जेठमा आएको हो । 

सवारी चालकको पेशा गर्दै काठमाण्डौं बाफलमा बस्दै आएका टिष्टुङका संक्रमित पुरुष टिष्टुङ देउरालीबाट २७ बैशाखमा काठमाण्डौँ गएका थिए । उनको कोरोना पोजेटिभ देखिएपछि ६ जेठ साँझबाटै थाहा नगरपालिकाले कन्ट्याक ट्रेसिङ गरेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०