Monday, 24th August, 2026
वि.स.

थाहानगर टिष्टुङका एक पुरुषलाई कोरोना पुष्टि

corona-Update-1589900134.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ देउरालीका एकजना पुरुषलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । 

मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मकवानपुरको एकजनामा संक्रमण भएको पुष्टि भएका व्यक्ति टिष्टुङकै भएको थाहा भएको छ । 

सवारी चालकको पेशा गर्दै काठमाण्डौं बाफलमा बस्दै आएका पुरुषलाई कोरोना पुष्टि भएको छ । योसंगै मकवानपुर थाहा नगरमा स्थायी घरभई जिल्ला बाहिर बस्दै आएका तीन जनालाई कोरोना संक्रमण भैसकेको छ । उनको धुलीखेलमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित पुरुष टिष्टुङ देउरालीबाट २५ बैशाखमा काठमाण्डौँ गएको बताइएको छ ।

यसैबीच टिष्टुङका कोरोना संक्रमित परिवारका सदस्य तीन जनालाई पिसीआर परीक्षणका लागि हेटौंडा लैजाने तयारी भैरहेको छ । उनको ६ जेठ साँझबाटै कन्ट्याक ट्रेसिङ शुरू भैसकेकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif