Thursday, 20th August, 2026
वि.स.

थाहानगर क्षेत्रको खानेपानी मुहानहरुको पानी प्रयोगशालामा के आयो नतिजा ?

Water-1557399366.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रको खानेपानी मुहानहरुको पानी स्वच्छ भएको पाइएको छ । नगरपालिकाले नगर क्षेत्रका विभिन्न सात पिउने पानीको मुहान र धाराको पानी प्रयोगशाला  परीक्षण गराएकोमा स्वच्छता पाइएको हो । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार टौखेल खानीपानी उपभोक्ता समूह, सिस्नेरी खानपानी उपभोक्ता समिति, कुन्छाल उपभोक्ता समति बज्रवाराही, दामन खानेपानी उपभोक्ता समिति अन्तर्गतको गरिएको हो । त्यस्तै भोट खोरिया खानेपानी उपभोक्ता समिति, बागेश्वरी खानेपानी उपभोक्ता समिति र देउखेल खानेपानी उपभोक्ता समितिको मुहान तथा धाराको पानी परीक्षण गरिएको हो । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पिउने पानीको गुणस्तर परीक्षण गरिएको प्रमुख बलामीले जानकारी दिए । 

हेटौंडा खानेपानी व्यवस्था बोर्डको प्रयोगशालामा पानी परीक्षण गरिएको  हो । प्रयोगशालाले नगरपालिकालाई दिएको पानी गुणस्तर परीक्षण रिपोर्टमा ‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी छ ।’
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०